logo
७ माघ २०८१, सोमबार

निर्वाचनमा उपलब्धिपत्र सहित जानुपर्छ : महामन्त्री थापा

निर्वाचनमा उपलब्धिपत्र सहित जानुपर्छ : महामन्त्री थापा

गण्डकी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिवार पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

महामन्त्री थापालेनिराश हुनुपर्ने अवस्था नरहेको तर आगामी तीन वर्षमा जनताले अनुभूति गर्ने गरी क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कांग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएका छन् भन्दै महामन्त्री थापालेअब थप उपलब्धिका लागि परिणाम दिनेगरी काम गर्नआग्रह गर्नुभयो ।तिनै कामको विवरण लिएर आगामी चुनावमा जानुपर्ने उहाँको भनाइ छ ।

पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

समस्या सुन्ने मात्र नभइ समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनबाट आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने धारणा राख्नुभयो । आगामी चैतभित्रपार्टीको सदस्यता नवीकरण गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले अपनत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा डा रघुराज वाग्ले र डा हेमराज लामिछानेले कार्यपत्र प्रस्तुत गर्दैजननिर्वाचित प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्नुभएको थियो ।

रासस

ताजा अपडेट
TOP