logo
७ माघ २०८१, सोमबार

एमालेले रावललाइ पार्टीबाट हटायाे, पाण्डे र तिमल्सिना ६ महिना निलम्बित

एमालेले रावललाइ पार्टीबाट हटायाे, पाण्डे र तिमल्सिना ६ महिना निलम्बित

काठमाडौँ, पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता डा. भीम रावललाई संगठित सदस्यबाट नै हटाउने निर्णय गरेको छ । यो निर्णयसँगै रावललाई एमालेले साधारण सदस्यबाट हटाएको हाे ।

बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय भएको बताउनुभयाे ।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभएको छ ।

ताजा अपडेट
TOP