logo
४ माघ २०८१, शुक्रबार

समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गराैँ : प्रम ओली

समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गराैँ : प्रम ओली

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले बुधबार यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गर्नुभयो ।

सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्दै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताउनुभयो । उहाँले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गर्नुभयो । संसारका थुप्रै राजनीतिक सङ्घर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक-आर्थिक विकासका आधार भएको आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गर्नका लागि ‘कसैलाई पनि पछाडि नछोड्ने’ उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताउनुभयो । रासस

ताजा अपडेट
TOP