चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकाे विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभएकाे छ ।
पूर्वप्रधानमन्त्री समेत रहका उहाँले अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाएकाे बताउनुभएकाे हाे ।
अध्यक्ष दाहालले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको उल्लेख गर्नुभयाे ।
चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको जानकारी गराउनुभयाे ।
कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो ।
प्रतिक्रिया