logo
१३ चैत्र २०८१, बुधबार

पूर्वसभामुख ढुङ्गानाको निधन : रास्ट्रपति बाट श्रद्धाञ्जली व्यक्त

पूर्वसभामुख ढुङ्गानाको निधन : रास्ट्रपति बाट श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  उहाँको आइतवार दिउँसो निधन भएको ढुङ्गानाका स्वकीय सचिव डा रुद्र शर्माले जानकारी दिनुभयो ।

केही समयदेखि कलेजोसँग सम्बन्धित समस्याका कारण  उपचाररत वरिष्ठ अधिवक्ता  ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ राजनीतिकर्मी  ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय सचिव शर्माले जानकारी दिनुभयो ।

विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले शोकाकुल रहनुभएका परिवारमा समवेदना पनि प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, संसदीय व्यवस्था र संवैधानिक विकाशमा वरिष्ठ अधिवक्ता ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गर्नुभएको छ ।

ताजा अपडेट
TOP