logo
शुक्रबार, ३ आश्विन २०८२

उन्नतशील समाजबाट नेपाललाई डो¥याउन कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

उन्नतशील समाजबाट नेपाललाई डो¥याउन कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनुभयाे ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सकिने बताउनुभएकाे हाे।

उहाँले भन्नुभयो-“इतिहासका अनेकौँ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो ।’

राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दै भन्नुभयो- “हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाजबाट नेपाललाई डो¥याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जÞरूरी छैन ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै अहिले हामी यहाँसम्म आइपुगेकोे स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्र«प्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै नेपाल स्वतन्त्र र अटल रुपमा रहन सकेको हो भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासका लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताउनुभयो ।

ताजा अपडेट
TOP