logo
४ माघ २०८१, शुक्रबार

सत्तारुढ दलबाट सरकारलाइ व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

सत्तारुढ दलबाट सरकारलाइ व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् ।

एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका ४ र कांग्रेसका ४ जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिनुभयो ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहनुभएको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहनुभएको छ ।

यसैगरी, सातै प्रदेशमा ३-३ जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा २-२ जना रहने गरी संयन्त्र बनाइने समेत नेता गौतमले जानकारी दिनुभयो ।

TOP