

जलगाउँ, महाराष्ट । जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेकाे छ ।
जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले १३ जनाको मृत्यु भएको र १० जना घाइते भएका बिहीबार जानकारी दिनुभयाे ।
बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएपछि यात्रुहरू रेलबाट झर्ने क्रममा गुडिरहेको रेलले धेरै मानिसहरूलाई ठक्कर दिएको थियो।
घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ।
रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।
रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ । रासस/एएनआई
प्रतिक्रिया