

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गर्नुभएमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गर्नुभएको छ ।
सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।
यसबाट उहाँले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताउनुभयो ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो । रासस/एएफपी
प्रतिक्रिया