logo
४ माघ २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा

चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक योजना बैठकका लागि बेइजिङमा शीर्ष नेताहरूको बैठकमा ‘भ्रष्टाचार विरुद्धको पूर्ण युद्ध’ को प्रतिज्ञा गर्नुभएको छ ।

उहाँले एक दशकअघि मात्रै सत्तामा आएपछि आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गर्नुभएको छ ।

समर्थकहरूका अनुसार यो नीतिले स्वच्छ शासनलाई बढावा दिन्छ । यद्यपि अरूले यसलाई सीले राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सफाया गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्नुभएको बताएका छन् ।

नोभेम्बरमा सत्तारूढ कम्युनिस्ट पार्टीले एक शीर्ष सैन्य अधिकारीलाई निलम्बन गरी ‘अनुशासनको गम्भीर उल्लङ्घन’ को अनुसन्धानको दायरामा ल्याएको थियो । यो भ्रष्टाचारका लागि प्रयोग गरिने सामान्य शब्द हो ।

एडमिरल मियाओ हुआ बेइजिङको शक्तिशाली केन्द्रीय सैन्य आयोगका सदस्य हुनुहुन्थ्यो । शीर्षमा सीसहित अन्य पाँचजना पुरुषहरूसँगै बसेका थिए ।

एक वर्षभन्दा केही बढी समयमा देशको सशस्त्र बलमा भ्रष्टाचार विरुद्धको व्यापक कारबाहीमा दुई पूर्व रक्षामन्त्री सहित उच्च पदस्थ व्यक्तिहरूको लामो सूचीमा उहाँ पनि समावेश हुनुभएको थियो ।

चीनले डिसेम्बरमा घुस र सार्वजनिक कोषको दुरुपयोग लगायतका अपराधहरूमा इनर मङ्गोलियामा कार्यरत एक पूर्व अधिकारीलाई मृत्युदण्ड दिएको थियो ।रासस/एएफपी

ताजा अपडेट
TOP