logo
४ माघ २०८१, शुक्रबार

महाकुम्भमा दक्ष कामदारहरूको लागि रोजगारीका अवसर

महाकुम्भमा दक्ष कामदारहरूको लागि रोजगारीका अवसर

इलाहावाद । प्रयागराजमा उत्तर प्रदेश सरकारद्वारा आयोजित महा कुम्भ मेलाले विशेष गरी कारीगरहरू र दक्ष कामदारहरूको लागि धेरै रोजगारीका अवसरहरू ल्याएको छ ।

कुम्भको समयमा ‘त्रिवेणी सङ्गम’ को किनाराहरू केही समयको लागि अस्थायी सहरमा परिणत हुन्छन् । यसले स्थानीय मानिसहरूलाई रोजगारीका अवसरहरू खोल्छ ।

यस वर्ष सन् २०२५ महाकुम्भ १३ जनवरीदेखि २६ फेब्रुअरी सन् २०२५ सम्म आयोजना हुँदैछ । महाकुम्भ क्षेत्रमा ठूलो सङ्ख्यामा दक्ष कारीगर विभिन्न प्रकारका काममा सहभागी हुन आएका छन् ।

गङ्गा र यमुनाको ‘त्रिवेणी सङ्गम’ को किनारबाट ड्रोन दृश्यहरूले सन् २०२५ महाकुम्भ मेलाको लागि राज्य सरकारले गरेको व्यवस्था, भक्तहरूलाई स्वागत गर्न तयार पालहरू र पवित्र स्थलमा अस्थायी पुलहरू बनाएको देखाउँदछ ।

यसका साथै आगामी ‘महा कुम्भ मेला’ अगाडि अवधको पेशवाई जुलुस प्रयागराज पुगेको छ । पेशवाई एक औपचारिक जुलूस हो, जुन कुम्भ मेलामा साधुहरू र आखाडा वा सम्प्रदायका अन्य सदस्यहरूको आगमनलाई चिन्ह लगाउँछ । यो एक भव्य परम्परा हो ।

यसैबीच, अयोध्या नगर निगमले कुम्भ भक्तजनका लागि बासस्थानको व्यवस्था र खानेपानीको व्यवस्था गरेका छन् । अयोध्या नगर निगमद्वारा स्थापित आश्रय स्थानहरूले भक्तहरूलाई चिसो मौसमबाट बच्न मद्दत गर्नेछ । स्थानीय प्रशासनले गरिरहेको प्रयासले भक्तजनहरूलाई विशेष गरी कुम्भ पछि अयोध्या भ्रमण गर्नेहरूलाई कुनै समस्या नहोस् भनेर सुनिश्चित गर्नेछ ।

अयोध्याका मेयर गिरीशपति त्रिपाठीले कुम्भको रमाइलोपछि सरयू नदी र रामलालाको दर्शन गर्न भक्तजनले अयोध्या आउने अपेक्षा गरिएको बताउनुभयो । महाकुम्भको बारेमा पौराणिक मान्यता अनुसार प्रयागमा नुहाउनेहरू प्रायः सरयूमा स्नान गरी रामलल्लाको दर्शन गर्न जाने प्रयास गर्छन् । रासस/एएनआई

ताजा अपडेट
TOP