

व्रसेल्स। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’ बारे छलफल भएको छ ।
पहिलो कार्यकालमा ट्रम्पले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिनुभएको थियो भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको थियो ।
गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।
नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन्। रासस/एएफफपी
प्रतिक्रिया