logo
२४ माघ २०८१, बिहीबार

रूसद्वारा युक्रेनमा लामो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

रूसद्वारा युक्रेनमा लामो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

किएभ । रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएकोछ ।

युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएकोछ ।

विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।

युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ ।

हजारौँ किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताउनु भएको छ ।

वायु सेनाले पाँच वटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारलेपुनर्वास केन्द्र,घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्याएको जनाएको छ ।
रासस/एएफपी

ताजा अपडेट
TOP