logo
१३ चैत्र २०८१, बुधबार

ह्वाइट हाउस प्रशासन र ट्रम्पको कार्ययोजना सार्वजनिक गरिदै

ह्वाइट हाउस प्रशासन र ट्रम्पको कार्ययोजना सार्वजनिक गरिदै

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।

ट्रम्पले पहिलो नियुक्तिमा उच्च ओहोदाको जिम्मेवारीमा महिला सहयोगी छान्दै आफूलाई महिलामैत्री प्रमाणित गर्नु खोज्नुभएको छ ।

डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाईपराजित गर्ने ट्रम्पको विजयले चुनावको लगत्तै र ह्वाइट हाउस फर्कनुभन्दा दुई महिना अघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा एक ¥यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ’साहसी’ भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको सङ्केत गर्नुभएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चीसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले बिएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ’खतरनाक’ भएको बताएका थिए ।

ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ र ‘कुनै मूल्य ट्याग’ हुन नसक्ने एनबीसीसँग बताउनुभएको छ ।

ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भएपनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गर्नुभएको छ ।

डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गर्नुभएको छ । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताउनुभएको छ ।

केहीधाँधली, दुई महाभियोग र ७८ वर्षको उमेरमा सबैभन्दा बढी उमेरका निर्वाचित राष्ट्रपति भएको तथ्यका बाबजुद ट्रम्पको निर्वाचनले बाइडेनको कार्यकालबाट परिवर्तनको लागि मतदाताहरूको चाहनालाई प्रतिबिम्बित गरेको छ ।
अर्थतन्त्र र आप्रबासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ ।

दक्षिणपन्थी स्पेसएक्स, टेस्ला र एक्सका प्रमुखले उत्साहपूर्वक ट्रम्पलाई समर्थन गरेपछि विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि सरकारी फोहोरको लेखापरीक्षण गर्ने काममा सहमत हुनसक्ने बताइएको छ ।

अमेरिकी रास्ट्रपतिको निर्वाचनमा चमत्कार गर्दै दोश्रो पटक विजय हुन सफलराष्ट्रपतिट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउन सक्ने अनुमान गरिएको छ।रासस/एएफपी

ताजा अपडेट
TOP