logo
४ माघ २०८१, शुक्रबार

रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश’ : डोनल्ड ट्रम्प

रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश’ : डोनल्ड ट्रम्प

 

वेस्ट पाल्म बिच, अमेरिका । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताउनुभएको छ ।

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उहाँले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भन्नुभयो । सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गर्नुभएको छ । रासस/एएफपी

TOP