logo
शनिबार, २८ असार २०८२

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल

काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

TOP