logo
२ चैत्र २०८१, शनिबार

विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई हस्तान्तरण गरिने

विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई हस्तान्तरण गरिने

सुर्खेत । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयाे ।

सरकारद्वारा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताउनुभएकाे हाे ।

अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उहाँले जनाउनुभयो ।

गृहमन्त्री लेखकका अनुसार डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनका कार्यलाई अगाडि बढाइएको छ ।

जाजरकोटमा प्राधिकरणको संरचना र त्यहाँको अवस्था बुझ्न उहाँ त्यसतर्फ लाग्नुभएको छ । उहाँले आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेत इत्रामस्थित रहेको प्रादेशिक आपतकालीन गोदामघर लिखित रुपमा हस्तान्तरण गर्नुभएको छ ।

‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले संरचना हस्तान्तरण मात्र नभई त्यससँग सम्बन्धित निकाय र तत्सँगसम्बन्धी अधिकार हस्तान्तरण गर्न केन्द्र सरकार तयार हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले मानवीय सहायता सामग्रीको परिचालन गर्ने जिम्मा यसअघि गृह मन्त्रालयलाई दिइएको बताउनुभयो । रासस

TOP