

महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताउनुभएको छ ।
शुक्रबार महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने बताउनुभएकाे हाे ।
स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्री रहिसक्नुभएका देउवाको सुझाव छ ।
कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उहाँको ठम्याइ छ ।
सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने उहाँले बताउनुभयो ।
स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्ने उहाँको भनाइ छ ।
पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको चर्चा गर्नुभयो ।
प्रतिक्रिया