

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ-गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार काठमाडाैँमा आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा उहाँले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउने उल्लेख गर्नुभएकाे हाे ।
योसँगै बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधिजस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो ।
मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संशाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यस सम्मेलनको छलफलबाट आएका निष्कर्षबाट एउटा कार्ययोजनाको खाका तय गर्न पार्टीलाई मात्र नभई सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा गर्नुभयो ।
सम्मेलन बुधबार र बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया