logo
३० माघ २०८१, बुधबार

रास्वपा सभापति लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग

रास्वपा सभापति लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग

काठमाडाैँ । रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

आइतबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गर्नुभएकाे हाे ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

गत बुधबार लामिछानेको बयान भएको थियव भने बिहीबार, शुक्रबार र आइतबार थुनछेक बहस भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो। मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैंयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ।

यसअघि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा हुनुभएकाे थियाे ।

TOP