logo
३० माघ २०८१, बुधबार

सरकार अर्थतन्त्र सुधार्न लागिपरेको छ : मन्त्री गुरूङ

सरकार अर्थतन्त्र सुधार्न लागिपरेको छ : मन्त्री गुरूङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताउनुभएको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका-७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा शुक्रबार आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ ।

TOP