

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताउनुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा बुधवार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पार्नुभयो ।
संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।
नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताउनुभयो ।
यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया