logo
३० माघ २०८१, बुधबार

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी

टोकियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।रासस/एएफपी)

TOP