logo
७ माघ २०८१, सोमबार

‘भौतिक विकाससंगै आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्छ’

‘भौतिक विकाससंगै आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्छ’

तानसेन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ ।

सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताउनुभयो ।

महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्या उने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिनुभयो ।

क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरू धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको महायज्ञबाट तीन करोडदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिका अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेलेक्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सीपमूलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

‘सहिद क्याम्पसको चाहना, सङ्काय थप, सीपमूलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ पुस १६ देखि २३ गतेसम्म सञ्चालन हुनेमहायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।

विभिन्न धर्म र समुदायका व्यक्तिको सहभागितामा यज्ञ सञ्चालन गरिएको छ । रासस

ताजा अपडेट
TOP