logo
७ माघ २०८१, सोमबार

 प्रधानमन्त्रीको चीन भ्रमण सफल र उपलब्धिमूलक : नेकपा एमाले

 प्रधानमन्त्रीको चीन भ्रमण सफल र उपलब्धिमूलक : नेकपा एमाले

काठमाडौँ . नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको यही मङ्सिरमा गर्नुभएको  चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलवार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले उपमहासचिव ज्ञवालीले बिआरआईमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताउनुभयो । उहाँले हालै भएको चीन र नेपाल पक्षबीच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्यवन गर्नमा पार्टीले जोड दिएको बताउनुभयो ।

एमाले नेता ज्ञवालीले बिआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो । नेपालजस्तो देशले संसारको दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौ अर्थतन्त्र भएको भारतसहित अरू विकसित देशसँग जोडिएर अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिसइन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलवल्याउनेजस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताउनुभयो ।

ताजा अपडेट
TOP