

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनको आज सोमवार सम्पन्न मतगणनामा डङ्गोलले ५ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका डा सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभयो ।
साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले २ हजार ३६ र कविकुमार महर्जनले १ हजार ३ सय १४, दिनेशकुमार अधिकारीले १ हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ९ सय ९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित भएपछि डङ्गोलले कीर्तिपुर नगरपालिकाको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया