logo
७ माघ २०८१, सोमबार

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज  भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

आइतवार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।

यस उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि मतदान भएको थियो ।

ताजा अपडेट
TOP