logo
४ माघ २०८१, शुक्रबार

एनपीएलको उद्घाटन खेल कीर्तिपुरमा शनिवार सुरू हुदै

एनपीएलको उद्घाटन खेल कीर्तिपुरमा शनिवार सुरू हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका सहभागी आठ टोलीलाई अध्यक्ष चतुरबहादुर चन्दले शुभकामना प्रदान गर्नुभएको छ ।

एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारदेखि सुरू हुने उक्त प्रतियोगिताको उद्घाटन खेल शनिवार हुदैछ ।

उद्घाटन खेलमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगर विरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गर्नुभयो ।

त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।”

TOP