logo
२ चैत्र २०८१, शनिबार

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग द्विपक्षीय भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुर्ने कार्यक्रम छ । त्यस्तै, उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस

TOP