काठमाडाैँ । साेमबार नेप्से परिसूचक पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६१ अङ्कले बढेर चार सय ९०. ७२ मा पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको हाे ।
कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ ।
प्रतिक्रिया