

कालीकोट, । कालीकोटको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो २ बजेर ३० मिनेटतिर राडुकाप्रे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर १३ जना गम्भीर घाइते भएका प्रहरीले जनाएकाे छ । केही घाइतेकाे हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत ल्याइएकाे जिल्ला प्रशासन कायालय कालीकाटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयाे । प्रहरी, स्थानीय खोज तथा उद्धारमा लागेकाे जनाइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया