सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ स्थित रातानाङ्गलामा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनास्थलमा नै ४ जनाको मृत्यु र ३० जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दैलेख बजारबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विश्वकर्माले ३० जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको जानकारी गराउनुभयाे । गाडी सडकभन्दा करिब २ सय मिटर तल खसेको उहाँले बताउनु भयाे।
साँघुरो घुम्तीका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, कोहलपुर-सुर्खेत रत्न राजमार्गको देउराली नजिकै शुक्रबार नै फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख-५७८५ नम्वरको फोर्स गाडी बाँकेको बैजनाथ गाउँपालिका-१, मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया