logo
बिहीबार, २६ भाद्र २०८२

‘समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आएको छ’

‘समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आएको छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवस-२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो ।

अन्तरराष्ट्रिय युवा दिवसको अबसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अन्तरराष्ट्रिय युवा दिवसकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ काठमाडौँमा  आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता परेको बताउनुभयो ।

सरकारले बजेटमा ल्याएका कार्यक्रमलाई कार्यान्वयन गरिदिए मात्र युवाको धेरै समस्या समाधान हुने उपाध्यक्ष बस्नेतको भनाइ छ । रासस

ताजा अपडेट
TOP