logo
बुधबार, २५ असार २०८२

पार्टी सभापति क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा चुन्नुपर्छ : महामन्त्री थापा

पार्टी सभापति क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा चुन्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालेपार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताउनुभयो । सदस्यता नवीकरण सकिनासाथ नयाँ क्रियाशील सदस्यताका लागि प्रक्रिया सुरु गरिने  दावी गर्नुभयो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली कांग्रेसको  महाधिवेशन  २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पार्टीभित्र विद्यमान गुटगत राजनीतिको अन्त्य आवश्यक भएको बताउनुभयो । उहाँले कांग्रेसको सङ्गठन निर्माणमा पार्टी कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले क्रियाशील हुन युवा पुस्तालाई आह्वान गर्नुभयो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति ख्यामराज तिवारीले पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पार्टीमा हरेक कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ थियो ।

TOP