काठमाडौँ। ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भइसकेको छ । यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले प्रदर्शन घोषणा गरिसकेका छन् ।
यद्यपि गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भए ।सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले व्यावसायिक रूपमा भने असफल रहे ।
गत वर्षको सफल चलचित्रको सूचीमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए । उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
विश्वभरका चलचित्र हेरेर भिन्न-भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ ।
कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँको भनाइ छ ।
पछिल्लो समय कलात्मक भनिएका चलचित्रमा व्यावसायिक रुपमा परिचीत कलाकारलाई राखिएको छ ।
अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भएता पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको चलचित्र निर्देशक पुर्णेन्दु झाकोटिप्पणी रहेको छ । रासस
प्रतिक्रिया