logo
४ माघ २०८१, शुक्रबार

विहिवारदेखि फिल्म साउथ एसिया महोत्सव

विहिवारदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा विहिवारदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित प्रर्दशन गरिदैछ । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।

सहायक निर्देशक मानन्धरलेवृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि महोत्सव सुनौलो अवसर भएको बताउनु भयो ।महोत्सवमा हुँनेनिर्देशनसम्बन्धी कार्यशालामा भारतका निर्देशक कवीर खानकोउपस्थीतिसमेत रहने बताइएको छ । रासस

TOP