logo
४ माघ २०८१, शुक्रबार

झिलिमिली बत्ती र सुमधुर गीतसंगीतको तिहार

झिलिमिली बत्ती र सुमधुर गीतसंगीतको तिहार

 

उज्यालोको पर्व तिहारमा झिलिमिली बत्ती र सुमधुर गीत संगीतले गाउँघर देखि शहर सम्म रमाइलो वातावरण बनेको छ ।

घर, पसल, प्रतिस्ठान, मन्दिर आदि स्थानमा उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुन्जिने  धेरैजसो गीत अधिकांश नेपाली चलचित्रकै पर्दछन् ।

प्रत्यक वर्षको तिहारमा गुन्जिने प्राय गीत नेपाली चलचित्रबाट लिइएको पाइन्छ । हाम्रो समाजमा कालजयी बनेको एउटा तिहार गीत हो   ‘भैलिनी आए आँगन’ । फिल्म ‘स्वर्ग’ मा समावेश यो भैली गीतले तिहार आएको मिठो आभास गराउँछ ।

फिल्म ‘स्वर्ग’ कै अर्को यो गीत ‘तिहारै आयो लौ झिलिमिली’ पनि तिहारमा गाउँदेखि सहरसम्म गुन्जिने गर्छ ।

धेरैले मन पराएको चलचित्र ‘चिनो’ मा समावेश गीत ‘दियो बाली साँझको’ पनि तिहारको कालजयी गीतमा पर्छ । यो गीत घन्किन थालेपछि तिहार घर-आँगनमा आइ पुगेको महसुस हुने गर्दछ  ।

TOP