logo
४ माघ २०८१, शुक्रबार

बालुवाटारबाट रास्वपाका सांसद सहित ३३ जना प्रकाउ

बालुवाटारबाट रास्वपाका सांसद सहित ३३ जना प्रकाउ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा बालुवाटारमा प्रदर्शन गरिरहेका रास्वपाका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शनमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्ने ३३ जनालाई पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा बालुवाटार निषेधित क्षेत्र तोड्न खाजेपछि उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा वीरेन्द्र श्रेष्ठ, सांसद अशोक चौधरी, प्रदिप विष्ट, सुरेश पोखरेल, ध्रुब ढकाल ,नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रिया, सवी खड्का, बुद्धरत्न महर्जन पक्राउ परेका हुन्।

यस्तै दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी नवराज मुडबरीलाई पक्राउ गरिएको रास्वपा श्रोतले जनाएको छ । उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।

 

 

ताजा अपडेट
TOP