logo
शुक्रबार, २७ भाद्र २०८२

प्रधानमन्त्रीबाट उत्कृष्ट कार्यसम्पादन गरेका ६ नगरपालिका पुरस्कृत

काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका ६ वटा नगरपालिकालाई पुरस्कृत गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उपमहानगर पालिकालाई सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको हो ।

प्रधानमन्त्रीले मध्यपुर थिमी नगरपालिकालाई वातावरण संस्कृति पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका निम्ति नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई पुरस्कार प्रदान गर्नुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाका अनुसार संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर नगरपालिकाको कामको मूल्याङ्कन गरिएको थियो ।

ताजा अपडेट
TOP