

पोखरा । गोरखामा आज सोमवार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका-३, स्थित कान्टारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सो दुर्घटनामा चितवन जिल्ला खैरहनी गाउँपालिका-२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो ।
बिहान करिब ११:२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया