logo
२ चैत्र २०८१, शनिबार

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ ।

साेमबार  पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो ।

विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई-तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उहाँले बताउनुभयो ।

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले सरकारले ल्याएको अध्यादेश एक-दुई दिनमा संसद्मा टेबल हुने बताउनुभयो । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उहाँको भनाइ थियो ।

सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उहाँले स्पष्ट पार्नुभयो ।

TOP