logo
२४ माघ २०८१, बिहीबार

‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’

‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिनुभएको छ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष केसीले भन्नुभयो, “हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व सङ्कटमा पर्नेछ । देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ । आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ ।”

अध्यक्ष केसीले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताउनुभएको छ । जनताले सोचेअनुरुपको समृद्धि हुन नसकेको बताउँदै उहाँले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिनुभयो ।

“अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो? खेतीयोग्य जग्गामा घर बनेका छन् । करोडाँ खर्च गरेर विदेश गएका छन् । घरहरु खाली छन् । यसको समस्या कसरी समाधान हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उहाँले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिनुभयो ।

 

ताजा अपडेट
TOP