logo
२४ माघ २०८१, बिहीबार

नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य वृद्धि

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा  उल्लेख्य सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २ हजार ६ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।

बुधवार ३ सय २२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता शेयर ९० हजार ६ सय ९६ पटक खरिद-बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३ सय ४९ को कारोबार भएको छ ।

बुधवारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह ४ दशमलव २४ र लगानी समूह ३ दशमलव ८२ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ८ दशमलव २१ प्रतिशतले घटेको छ ।

ताजा अपडेट
TOP