logo
२४ माघ २०८१, बिहीबार

सङ्घीय संसद्को अधिवेशन माघ १८ गतेका लागि आह्वान गरिदै

काठमाडौँ । सरकारले सङ्घीय संसद्को  हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को सोमवार बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP