logo
२४ माघ २०८१, बिहीबार

जलवायु परिवर्तनकाे असर : पुसमै पाक्यो ‘चैते काफल’

जलवायु परिवर्तनकाे असर : पुसमै पाक्यो ‘चैते काफल’

दाङ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिन्थ्याे । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो ।
“गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?“, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भन्नुभयो । यस वर्ष पुसमै काफच चाख्न पाएको पुनले बताउनुभयाे  । यस ठाउँमा पुसको तेस्रो हप्तादेखि नै काफल पाकिसकेकाे थियाे ।
जलवायु परिबर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उहाँको भनाइ छ । “यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उहाँले भन्नुभयो, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँको भनाइ छ । आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । रासस

ताजा अपडेट
TOP