logo
३० माघ २०८१, बुधबार

बुधवार मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले बुधवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमको निर्णय अनुसार पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ तोकिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट  प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २.२४ र डिजेलमा रु ३.५५ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

TOP