logo
१० माघ २०८१, बिहीबार

नवलपुरमा पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

कावासोती । नवलपरासी पूर्व नवलपुरमा शुक्रवार साँझ विनयी खोलाको पुलको बीच भाग भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताउनुभयो ।

प्रजिअ पोखरेलले पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको बताउनुभयो । डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने उहाँको भनाइ छ ।

TOP