logo
४ माघ २०८१, शुक्रबार

रास्वपा सभापति लामिछाने ६५ लाख धरौटीमा रिहा हुँदै

पोखरा । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले उहाँलाई  ६५ लाख रूपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उहाँले बताउनुभयो ।

ताजा अपडेट
TOP