काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपास, पूर्वी नेपाल एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान करिव ६:५० मा नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा केन्द्रबिन्दु भएको भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका जिल्लामा धक्का महसुस गरिएको छ ।
प्रारम्भिक अनुमान अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया