![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच विहिवार भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको हो ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।
अहिले पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको नेतृत्वका लागि सक्रिय हुन थालेको चर्चा चलेको छ भने पार्टी अध्यक्ष ओलीसंग असंतुस्ट केही नेताहरुले सस्थापन इतर पक्ष बनाउन लागेको सन्देस पनि बाहीरिएको छ । यस्तो अबस्थामा भएको उहाँहरुको भेटघाटले एमालेमा केही परिवर्तन हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया